Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा दीपक थापा निर्वाचित

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा दीपक थापा निर्वाचित


  • 4.0K
    Shares

    लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा दीपक थापा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । एसोसिएसनको आइतबार बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    एसोसिएसनको प्रथम उपाध्यक्षमा विनोदजङ्ग केसी, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने र महासचिवमा महेशकुमार बस्नेत, सचिवद्वयमा तुलसीराम पुरी र राज लामा, कोषाध्यक्षमा हिमा गुरुङ र सहकोषाध्यक्षमा लिलबहादुर तामाङ निर्वाचित भएका छन् ।

    त्यसैगरी सदस्यमा देवीप्रसाद गिरी, शालिकराम अधिकारी, दीपककुमार राय, सौरभ आचार्य, विद्यालक्ष्मी बज्राचार्य, अभिनभमानसिंह बस्नेत, राजेश्वर यादव, सविताकुमारी सिंह, रोशना निरौला र महेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् । एसोसिएसनमा देशभरका चार सयभन्दा बढी व्यवसायी आबद्ध छन् ।

    प्रकाशित मिति :जेठ ७ २०८१ सोमवार - ०६:४६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij