Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनामा, घटनास्थल पुग्ने प्रयास जारी छ : गृहमन्त्री

इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनामा, घटनास्थल पुग्ने प्रयास जारी छ : गृहमन्त्री


  • 2.2K
    Shares

    इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनामा, घटनास्थल पुग्ने प्रयास जारी छ : गृहमन्त्री
    images

    तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसी चढेको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटनामा परेपछि दुर्घटनास्थल पुग्ने प्रयार जारी रहेको त्यहाँका गृहमन्त्रीले जनाएका छन् । तर खराब मौसम र बाक्लो कुहिरोका कारण त्यहाँ पुग्न कठिन भएको जनाइएको छ । 

    हेलिकप्टरलाई हार्ड ल्याण्डिङ गर्नुपरेको त्यहाँको सरकारी संचार माध्यमले जनाएको छ । उक्त क्षेत्र ताब्रिज सहरबाट पचास किलोमिटर टाढा भार्जेकन सहर नजिक छ । त्यहाँको स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति रईसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गरेपछि ताब्रिज सहरतर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको हो ।

    राष्ट्रपति इब्राहिम रईसी इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीको विश्वास पात्र हुन् । चुनावी प्रचारका क्रममा राईसीले रुहानी शासनकालमा उत्पन्न भएको भ्रष्टाचार र आर्थिक सङ्कटसँग जुध्न आफैँलाई उत्तम विकल्पको रूपमा प्रचार गरेका थिए । उनलाई ‘चरम कट्टरपन्थी’ को रुपमा ब्याख्या गर्ने गरिएको छ ।

    इरानको सरकारी सञ्चारमाध्यमले जनतालाई राष्ट्रपति राईसीका लागि प्रार्थना गर्न अपिल गरेको छ । हेलिकप्टरमा राष्ट्रपति राईसीबाहेक इरानी विदेशमन्त्रीलगायत धेरै व्यक्ति सवार थिए । हेलिकप्टरमा सवार यात्रुहरूको अवस्थाबारे जानकारी आउन सकेको छैन । (एजेन्सी)

    प्रकाशित मिति :जेठ ७ २०८१ सोमवार - ०३:३६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij