Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

‘केजरीवालका १० ग्यारेन्टी’ घोषणा

‘केजरीवालका १० ग्यारेन्टी’ घोषणा


  • 2.5K
    Shares

    ‘केजरीवालका १० ग्यारेन्टी’ घोषणा
    images

    नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएर केही हप्ताका निम्ति जेलबाट छुटेका नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जारी लोकसभा निर्वाचनलाई ध्यान दिँदै ‘केजरीवालका १० ग्यारेन्टी’ घोषणा गरेका छन् ।

    लोकसभा निर्वाचनपछि गठबन्धनको सरकार बनेमा आफूले यी ग्यारेन्टी पूरा गर्ने उनले जनाएका छन् ।

    यी हुन् उनका १० ग्यारेन्टी

    – देशभित्र २४ घण्टा बिजुलीको व्यवस्था गरिनेछ ।
    – देशका सबै सरकारी विद्यालयलाई निजीभन्दा राम्रो गुणस्तरका  बनाइनेछ ।
    – देशका हरेक गाउँमा मोहल्ला क्लिनिक बनाइनेछ ।
    – चीनले कब्जा गरेको सबै भूभाग फिर्ता ल्याइनेछ ।
    – अग्निवीर योजनालाई बन्द गरिनेछ ।
    – किसानलाई एमएसपी (मिनिमम सपोर्ट प्राइस)का आधारमा फसल (उब्जनी)को पूरै मूल्य दिइनेछ ।
    – दिल्लीलाई पूर्ण राज्यको दर्जा दिइनेछ ।
    – एक वर्षभित्र दुई करोड मानिसलाई रोजगारी दिइनेछ ।
    – देशबाट भ्रष्टाचारको अन्त्य गरिनेछ ।
    – व्यापारीको लागि व्यापार गर्ने बाटो सहज बनाइनेछ ।

    केजरीवाललाई दिल्लीमा सराब (मदिरा) घोटाला प्रकरणमा यसअघि थुनामा राखिएकामा आउँदो जुन १ सम्म उनलाई अन्तरिम जमानत मिलेको हो । बीबीसी हिन्दीबाट ।

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १७:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij