२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ। कुमारी टोलमा शम्भु धिमालको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ घर भई काठमाडौँको कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले जानकारी दिए।
चार जना नाबालकले मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या गरेका हुन् । मोरङ घर भएर गौशाला बस्ने २३ वर्षीय मनिष चौधरी र शम्भु धिमाल शनिवार साँझ करिब ८ बजेतिर काठमाडौँ–९ स्थित कुमारी टोलमा हिँड्दै थिए । विपरीत दिशाबाट आएका ४ जना युवकसँग सडकमा उनी ठोक्किएका थिए । चार जनामध्ये एउटाले सोधे, ‘किन ठेलेको, निहुँ खोजेको हो
सो क्रममा भएको विवादमा अचानक समूहबाट एक जना नाबालकले धिमाललाई चक्कु प्रहार गरे । धिमालको पेट, छाती र ढाडमा चोट लागेको छ । सँगै गएका मनिष चौधरी पनि सामान्य घाइते छन् ।
प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवे नेतृत्वको टिमले घटनास्थलबाट भाग्दै गरेको अवस्थामै ३ जना र पछि अर्का नाबालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले भने, ‘एकैछिनमा घटना भएछ, नाबालकले चक्कु बोकेर हिँडेका रहेछन् ।’
गौशालाका रैथाने उनीहरू स्थानीय शारदा स्कुलमा ९ र १० कक्षामा पढ्छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij