Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो


  • 3.0K
    Shares

    सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो
    images
    पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । 
     
    शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गर्यो । बेलायतमा प्रमुखरूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आगामी सातासम्म रहने थिए । 
     
    बेलायतमा धेरैले शनिबार बिहानै सामाजिक सञ्जालमा रोशनीको फोन स्न्याप साझा गरेका छन् । यो घटना दक्षिणमा लन्डन र दक्षिणी इङ्गल्यान्डसम्म देखिएको छ । 
     
    बेलायतको मौसम एजेन्सी मेट कार्यालयका मौसमविद् क्रिस स्नेलले भन्नुभयो, “मुलुकभर माथिदेखि तलसम्म दृश्यहरू थिए ।” उहाँले कार्यालयले प्राग र बार्सिलोनालगायत अन्य युरोपेली स्थानबाट पनि फोटो र जानकारी प्राप्त गरेको बताउनुभयो । 
     
    एनओएएले पावर प्लान्ट र कक्षमा अन्तरिक्ष यानका सञ्चालकहरूका साथै सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सीलाई पनि सावधानी अपनाउन सचेत गराएको छ । एनओएएका स्पेस वेदर प्रेडिक्सन सेन्टरका वैज्ञानिक रब स्टिनबर्गले भन्नुभयो, “पृथ्वी ग्रहमा अधिकांश मानिसका लागि उनीहरूले केही गर्नुपर्दैन ।”
     
    एनओएएले आँधीले अमेरिकाको सुदूर दक्षिणमा अलाबामा र उत्तरी क्यालिफोर्नियासम्म रोशनी उत्पन्न गर्न सक्ने बताएको छ । तर यसको भविष्यवाणी गर्न कठिन थियो । सामान्यतया उत्तरी रोशनीहरूसँग सम्बन्धित रङको नाटकीय पर्दा नहुने तर अधिक हरियो रङको छर्रा जस्तै हुने विश्लेषकहरूले बताएका छन् । 
     
    “यो वास्तवमा अन्तरिक्ष मौसमको उपहार हो : अरोरा”, स्टिनबर्गले भन्नुभयो । उहाँ र उहाँका सहयोगीहरूले सबैभन्दा राम्रो अरोरा दृश्य नग्न आँखाको तुलनामा प्रकाशलाई क्याप्चर गर्न राम्रो हुने फोन क्यामेरामा आउन सक्ने बताउनुभयो । 
     
    रेकर्ड गरिएको इतिहासमा सबैभन्दा तीव्र सौर्य आँधी सन् १८५९ मा मध्य अमेरिका र सम्भवतः हवाईमा आएको थियो । 

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - ०८:१४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij