२०८२ भाद्र २६ गते बिहिवार
एजेन्सी । अमेरिकाको चेतावनीका वावजुद इजरायलले राफामा आक्रमण गरेको छ । गजामा युद्धविरामका लागि गरिएको प्रयास बिफल भएपछि बिहीबार राति इजरायलले राफामा आक्रमण गरेको हो । अमेरिका र कतारको पहलमा इजरायल र हमासबीच युद्धिबिरामका लागि मंगलबारदेखि इजिप्टमा छलफल जारी थियो ।
वार्ता असफल भएमा राफामा आक्रमण गर्ने घोषणा इजरायलले यसअघि नै घोषणा गरिसकेको थियो । त्यहाँ हमास लडाकुहरू लुकेर बसेको दाबी गर्दै उसले राफामा आक्रमण गर्ने भनेका थियो । गाजामा हजारौं संख्यामा प्यालेस्टिनी नागरिकहरू त्यसमा पनि बालबालिका र महिलाहरूको बढी मृत्यु भएपछि इजरायलमाथि युद्धविरामका लागि कतार, इजिप्ट र कतारले प्रयास गरेका थिए ।
ठूलो संख्यामा मृत्यु हुनसक्ने भन्दै अमेरिकाले राफामा आक्रमण नगर्न इजरायललाई आग्रह गरेको थियो। त्यसका बाबजुद इजरायलले आक्रमण गर्ने भनेपछि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिँदै राफामा आक्रमण गरे इजरायललाई हतियार उपलब्ध नगराउने भनेको थियो ।
‘रायललाई सुरक्षित तुल्याउन अमेरिका प्रतिबद्ध छ तर उसले राफामा आक्रमण गरे हामी हतियारको सप्लाई बन्द गर्छौं,’ राष्ट्रपति बाइडेनले भनेका छन् । त्यसका बाबजुद पनि इजरायलले राफामा आक्रमण गरेको हो ।
जवाफमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुले इजरायल गजाबाट हमास नष्ट पार्ने प्रतिबद्धताबाट पछि नहट्ने जवाफ दिएका छन् । ‘जरूरत परेको अवस्थामा हमासविरूद्ध हामी एक्लै खडा हुन्छौं। इजरायल आफ्नै बलबुतामा अन्तिम साससम्म एक्लै लड्छ। आफ्नो लक्ष्य हासिल गर्न हामी बलियो छौं,’ उनले भने ।
आक्रमणमा परी १२ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । मृत्यु हुनेमा अल मुजाहिद्धिनका कमाण्डर र उनका परिवार र हमास लडाकु ग्रुपको अर्का कमाण्डर र उनका परिवार मारिएको रोयटर्सले उल्लेख गरेको छ । इजरायलमाथि हमासले अक्टोबर ७ मा आक्रमण गर्दा १० जना नेपालीसहित १२ सय जनाको मृत्यु भएको थियो । त्यसयता इजरायलले लगातार गजामा आक्रमण गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij