२०८२ भाद्र २ गते सोमवार
काठमाडौ । काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ।
आज बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
बिराजे खोल्चाको वनमा सडकबाट करिब ५० मिटर तल एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले बताए।
उक्त यूवक करिब २५ वर्षीय उमेर जतिको देखिने बताएको छ । मृतक युवकको पहिचान भने खुलि सकेको छैन।
शव करिब २५ र २० दिन अगाडिदेखि नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ। शव सडिसकेको अवस्थामा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij