Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

ब्राजिलमा बाढीका कारण सयभन्दा धेरैको मृत्यु, १४ लाख मानिस प्रभावित

ब्राजिलमा बाढीका कारण सयभन्दा धेरैको मृत्यु, १४ लाख मानिस प्रभावित


  • 2.4K
    Shares

    ब्राजिलमा बाढीका कारण सयभन्दा धेरैको मृत्यु,  १४ लाख मानिस प्रभावित
    images

    रियो द जेनरियो । ब्राजिल यतिबेला प्राकृतिक प्रकोपको चपेटामा आएको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको मुसलधारे वर्षाका कारण बाढी आएको छ । बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको छ । 

    बाढीबाट साढे १४ लाख मानिस प्रभावित भएका छन् । दुई लाख मानिस विस्थापित भएका छन् । ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्याङ्क अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।

    अप्रिल २९ देखिको मुसलधारे वर्षा

    ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा अप्रिल २९ यता मुसलधारे वर्षा भइरहेको छ । जसका कारण राज्यका ४९७ सहरमध्ये ४१४ वटा बाढीको चपेटामा आएका छन् । यो राज्य ब्राजिलको कृषि र पशुपालनको लागि प्रमुख राज्य हो । अर्जेन्टिना र उरुग्वेको सिमानामा अवस्थित यस राज्यले वर्षा र बाढीका साथै आँधीको पनि सामना गरिरहेको छ ।

    एक अनुमान अनुसार वर्षा र बाढी कारण करिब ४ अर्ब ६० करोड रियाल बराबरको आर्थिक क्षति भएको छ भने घर तथा पूर्वाधारमा पनि निकै क्षति पुगेको छ । सञ्चारमाध्यमका अनुसार १३० जनाभन्दा धेरै अझै बेपत्ता छन् । वर्षा जारी रहने र स्थिति झनै बिग्रन सक्ने जल तथा मौसम विभागले अनुमान गरेको छ । वर्षाका कारण खोला र पोखरी भरिभराउ भएका छन् । बाढीको सबैभन्दा धेरै प्रभाव पोर्टो एलेग्रेमा देखिएको छ ।

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - १२:०५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij