Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

अमेरिकी हतियार आइनपुगेको मौकामा युक्रेनका थप दुई स्थान रुसको कब्जामा

अमेरिकी हतियार आइनपुगेको मौकामा युक्रेनका थप दुई स्थान रुसको कब्जामा


  • 2.5K
    Shares

    अमेरिकी हतियार आइनपुगेको मौकामा युक्रेनका थप दुई स्थान रुसको कब्जामा
    images

    एजेन्सी । दुई वर्षअघि पछाडि धकेलिएको खार्किभ क्षेत्र सहितरुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

    अमेरिकी हतियार आइपुगिनसकेको मौका पारेर मस्कोले हालका महिनाहरूमा मोर्चामा अग्रता हासिल गरेको छ । किएभले पश्चिमी सहयोगको महत्वपूर्ण आपूर्तिको प्रतीक्षा गरिरहेको बेला रुसले युद्धमैदानमा दबाब बढाएको छ । 
    रुसी रक्षा मन्त्रालयका अनुसार उसको सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ ।  किस्लिभ्का सङ्कटग्रस्त युक्रेनी गढ कुपियान्स्कबाट करिब २० किलोमिटर टाढा छ भने नोभोकालिनोभ अवडिभकाबाट करिब १० किलोमिटर उत्तरमा छ । यी गाउँलाई मस्कोले फेब्रुअरीमा कब्जा गरेको थियो । 

    रुसले युक्रेनी सेनामा गोला–बारुदको गम्भीर अभावको फाइदा उठाएर उत्तरपूर्वमा नयाँ आक्रमणको तयारी गरिरहेको हुनसक्छ भन्नेमा युक्रेनका अधिकारीहरू चिन्तित छन् ।  युक्रेनका कमान्डर–इन–चिफ अलेक्जेन्डर सिरस्कीले अप्रिलमा किएभ तीनवटा गाउँबाट पछि हटेको र अगाडिको रक्षा गर्नका लागि किल्लाको नयाँ लाइन बनाइरहेको स्वीकार गरेका थिए ।

    “रुसी ऊर्जा सुविधाहरूमा क्षति पुर्याउन किएभ शासनको प्रयासको जवाफमा आज बिहान रुसी सङ्घको सशस्त्र सेनाले युक्रेनको सैन्य–औद्योगिक परिसरको ऊर्जा सुविधा तथा उद्यमहरूविरुद्ध सामूहिक आक्रमण सुरु गरेको छ”, मन्त्रालयले भनेको छ ।

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - ०६:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij