Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

बाँध भत्किँदा ब्राजिलमा ३० भन्दा धेरैको मृत्यु, ६० जना बेपत्ता

बाँध भत्किँदा ब्राजिलमा ३० भन्दा धेरैको मृत्यु, ६० जना बेपत्ता


  • 4.9K
    Shares

    बाँध भत्किँदा ब्राजिलमा ३० भन्दा धेरैको मृत्यु, ६० जना बेपत्ता
    images

    रियो द जेनरियो । कयौँ दिनदेखिको मुसलधारे वर्षाका कारण दक्षिण ब्राजिलमा बिजुली उत्पादनका लागि बनाइएको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ ।  रियो ग्रान्ड दू सुल राज्यमा ६० जनाभन्दा धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

    शनिबारयता वर्षाका कारण १५ हजार बासिन्दा विस्थापित भएका छन् । राज्यभर कम्तीमा पनि ५ लाख मानिस बिजुली र खाने पानीको आपूर्ति विहीन भएका छन् । लगातारको मुसलधारे वर्षाका कारण बाढी पसेको क्षेत्रमा बाँध फुटेर पानी छिर्दा झनै धेरै क्षति भएको बताइएको छ । बाँध कोटिपोरा नगरपालिका र बेन्टो गोन्काल्भ्स् शहरको बिचमा रहेको थियो ।

    बाढीका कारण अलपत्र परेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर खटाइएको छ । सो क्षेत्रमा थप वर्षा हुने मौसम विभागले भविष्यवाणी गरेको छ ।  हालैका दिनमा बाढीका कारण ब्राजिलमा कयौँको ज्यान गएको छ ।

    गएको वर्ष रियो ग्रान्ड दू सुलमा चक्रवातका कारण ३० जनाभन्दा धेरैको मृत्यु भएको थियो । एल निनोका कारण विषम मौसमी अवस्था बढेको ब्राजिलको मौसम विभागले बताएको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - ११:२०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij