Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

सलमान खानको घरमा भएको गोलीकाण्ड: पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु

सलमान खानको घरमा भएको गोलीकाण्ड: पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु


  • 3.1K
    Shares

    सलमान खानको घरमा भएको गोलीकाण्ड: पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु
    images

    बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तको हिरासतमै मृत्यु भएको छ ।  बुधबार प्रहरी हिरासतमै आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त अनुज कुमारलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ । उनी पञ्जाबका बासिन्दा हुन् । 

    बिहान करिब ११:३० बजे ३२ वर्षीय अनुजले लकअप नजिकै रहेको शौचालयमा पाना लिएर आत्महत्या गर्ने प्रयास गरेका थिए । खबर पाएलगत्तै प्रहरीले आरोपीलाई गोकुलदास तेजपाल अस्पताल लगेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार डाक्टरहरूले आरोपीलाई मृत घोषणा गरेका थिए।

    समाचार एजेन्सी पीटीआईका अनुसार आरोपीले आत्महत्याजस्तो कदम किन उठाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सलमानको घरबाहिर भ‍एको गोलीकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई व्यक्तिमाथि सलमान खानको बान्द्रास्थित घरमा आक्रमण गर्ने अभियुक्तलाई दुईवटा पेस्तोल उपलब्ध गराएको आरोप छ ।

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - ०७:२५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij