Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने

सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने


  • 2.2K
    Shares

    सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने
    images
    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलरबा सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एशिया र प्रशान्त’ कार्यक्रममा एसिया प्रशान्त क्षेत्रको वृद्धि सन् २०२३ मा पाँच प्रतिशतको तुलनामा यस वर्ष चार दशमलव पाँच प्रतिशत रहने जनाएको छ ।
     
    एसिया–प्रशान्त विश्वको सबैभन्दा गतिशील क्षेत्र रहने अपेक्षा गरिएको छ । यो क्षेत्रले सन् २०२४ मा विश्वव्यापी वृद्धिको लगभग ६० प्रतिशत योगदान पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।
     
    धेरै जसो आसियान देशहरूमा लचिलो घरेलु उपभोगदेखि प्रशान्त टापु देशहरूमा पर्यटनमा तीव्र वृद्धिसम्म यस क्षेत्रले विविध वृद्धि चालकहरूलाई अँगालेको आइएमएफले बताएको छ । 
     
    निकट–अवधि जोखिमहरू अहिले व्यापकरूपमा सन्तुलित छन् । मुद्रास्फीतिमा कमी र पहिलेको मौद्रिक सहजताको सम्भावनाले नरम अवतरणको सम्भावना बढेको आइएमएफले उल्लेख गरेको छ । 
     
    युरोप र संयुक्त राज्य अमेरिकामा अपेक्षितभन्दा बलियो वृद्धिले एसियाका निर्यातकर्ताहरूमा वृद्धि ल्याउने छ तर बढ्दो भू–आर्थिक विभाजन र भूराजनीतिक तनावले यस क्षेत्रको मध्यम–अवधिको वृद्धिमा गम्भीर नकारात्मक असरहरू उत्पन्न भइरहेको छ । 
     
    आइएमएफले केन्द्रीय बैंकहरूले लक्ष्यमा मुद्रास्फीति सहजरूपमा फर्किने कुरा सुनिश्चित गर्नुपर्ने र नीति निर्माताहरूले फेडरल रिजर्भले अनुमानित ब्याज दर चालहरूमा अत्यधिक निर्भर निर्णयहरू गर्नबाट जोगिनु पर्ने सुझाव दिएको छ ।
     
    – न्युज एजेन्सी

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - ०७:०१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij