२०८२ भाद्र ४ गते बुधवार
भोजपुरमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।
आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटना हुँदा आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षीया रूना राई र सोही ठाउँकी २६ वर्षीया शान्ति राईको मृत्यु भएको प्रहरीले जनाएको छ। रुनाको घटनास्थलमै र शान्तिको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
घाइते सबैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij