Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

समृद्धि फाइनान्सका ग्राहकहरुले आर्सिया डेन्टलमा २० प्रतिशतसम्म छुट पाउने

समृद्धि फाइनान्सका ग्राहकहरुले आर्सिया डेन्टलमा २० प्रतिशतसम्म छुट पाउने


  • 2.5K
    Shares

    समृद्धि फाइनान्सका ग्राहकहरुले आर्सिया डेन्टलमा २० प्रतिशतसम्म छुट पाउने
    images

    काठमाडौँ । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले बैशाख १६ गते आर्सिया डेन्टल, पुतलिसडक काठमाडौँसँग समझदारी गरेको छ । 

    उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले वैशाख १७ गतेदेखि समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा सिआइपीस प्रयोग गरि उक्त डेन्टलमा उपचार गरेको भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् ।

    यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र आर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानुले हस्ताक्षर गरे ।

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - ०९:३९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij