Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ

५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ


  • 2.5K
    Shares

    ५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ

    काठमाडौ। सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले ५ वर्षीय छोरा आयुष साहको हत्या गरेर उनले सुत्ने पलंगमा लुकाएकी थिइन् ।

    गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमा सरीता सुत्ने कोठामा रहेको बक्स पलङको घर्राभित्र मृत अवस्थामा छोरा आयुष फेला परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए ।

    आमा सरीतालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७  दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १४ २०८१ शुक्रवार - १२:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij