Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

श्रमिकको हवाई टिकटमै खाना-खाजाको सुविधा राख्न विभागको पत्र

श्रमिकको हवाई टिकटमै खाना-खाजाको सुविधा राख्न विभागको पत्र


  • 2.9K
    Shares

    श्रमिकको हवाई टिकटमै खाना-खाजाको सुविधा राख्न विभागको पत्र

    काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभललाई आग्रह गरेको छ ।

    विभागले पत्राचार गरी हवाई टिकटमा नै खाना–खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।

    मलेसिया तथा मध्यपूर्वका मुलुकमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्छ । उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ ।

    यसरी घण्टौँको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरेले बताएका छन् ।

    प्रकाशित मिति :बैशाख १३ २०८१ बिहिवार - १४:०७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij