२०८२ भाद्र २२ गते आइतवार
बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनविनाको धन ठूलो कि धनविनाको मन’ बन्ने भएको छ।
बिहीबार चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता गर्दै निर्माताले निर्माण इजाजत लिएका हुन्। पटकथा लेखन शिवम् अधिकारीको रहेको फिल्मलाई टंक बुढाथोकी र एनआरएन विनय अधिकारीले निर्माण गर्नेछन्।
अधिकारी पछिल्लो समय सांगीतिक क्षेत्रमा प्रवेश गर्न लागेका छन्। एउटा बालकले गरेको संघर्ष र त्यसले ल्याएको सकारात्मक सोचमा आधारित चलचित्रले समाजलाई नयाँ ढंगबाट सोच्न बाध्य बनाउने अधिकारीको भनाइ छ। उनले भने, ‘नेपाली समाजमा देखिएको सत्य कुरालाई फिल्ममार्फत प्रस्तुत गर्न लागेका हौं। यसले नेपाली समाजको मन खिच्ने विश्वास छ।’
फिल्ममा अशोक स्वयंको समेत अभिनय रहने बताइएको छ। नायक र नायिकाको रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन मिति निधो हुने बताइएको छ। २०८१ सालभित्रै यसलाई प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ। पाँच वर्षअघि रिलिज भएको हिट गीत ‘मनबिनाको धन ठूलो कि’बाटै फिल्मको शीर्षक तय गरिएको हो। यही गीतको भावमा फिल्मको थिम तयार पारिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij