Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तेस्रो त्रैमाससम्ममा नबिल बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि झिनो अंकले घट्यो, अन्य सूचक कस्तो ? 

तेस्रो त्रैमाससम्ममा नबिल बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि झिनो अंकले घट्यो, अन्य सूचक कस्तो ? 


  • 2.5K
    Shares

    तेस्रो त्रैमाससम्ममा नबिल बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि झिनो अंकले घट्यो, अन्य सूचक कस्तो ? 

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा नबिल बैंक लिमिटेडको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि झिनो अंकले घटेको छ । 

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य अंकले घटेको छ ।

    वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ८.७६ प्रतिशतले घट्न पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँबाट बृद्धि भई १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको ब्याज आम्दानी बढेपनि खुद नाफा भने घटेको छ ।

    बैंकको इम्पेयरमेन्ट चार्ज २.८७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको उक्त चार्ज ३ अर्ब ३३ करोडबाट घटेर ३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ ।

    बैंकको वितरण योग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ छ ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि झिनो अंकले घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ २१ पैसाबाट घटेर २३ रुपैयाँ २४ पैसा रहेको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - ०८:५९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij