Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनआईसी एसिया बैंकको खुद नाफा ५२.३१ प्रतिशतले घट्यो

एनआईसी एसिया बैंकको खुद नाफा ५२.३१ प्रतिशतले घट्यो


  • 2.4K
    Shares

    एनआईसी एसिया बैंकको खुद नाफा ५२.३१ प्रतिशतले घट्यो

    काठमाडौँ । एनआईसी एसिया बैंकले चैत मसान्तसम्ममा १ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । 

    बैंकको मुनाफा गत आवको यसै अवधीको तुलनामा ५२.३१ प्रतिशतले घटेको देखिएको छ । अघिल्लो वर्ष चार अर्ब एक करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    हाल बैंकका चुक्ता पुँजी कूल १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । बैंकको इम्पेरिमेन्ट चार्ज दुई अर्ब १४ करोड रुपैयाँ रहेको छ । 

    यस्तैे, बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतबाट ३.०८ प्रतिशत पुगेको छ । गत वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ । 

    चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकमा निक्षेप अघिल्लो वर्षको तुलनामा ५.०७ प्रतिशत र ऋण ५.८९ प्रतिशतले बृद्धि भएको छ ।

    समीक्षा अवधीमा बैंकको प्रतिशेयर आम्दानी १७.१२ रुपैयाँ रहेको छ । त्यस्तै पिई रेसियो २२.८५, नेटवर्थ २०५.४७ रुपैयाँ रहेको छ । बैंकको सिडी रेसियो ८५.८१ प्रतिशत, बेस रेट ८.८६ र ब्याजदर अन्तर ३.९९ प्रतिशत रहेको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - ०८:३२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij