Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अस्ट्रेलियामा वर्षाका कारण बाढीको प्रकोप

अस्ट्रेलियामा वर्षाका कारण बाढीको प्रकोप


  • 11.5K
    Shares

    अस्ट्रेलियामा वर्षाका कारण बाढीको प्रकोप

    अस्ट्रेलिया सरकारले न्यु साउथ वेल्सका विशाल भूभागमा अविरल वर्षाका कारण बाढी आएर हजारौं मानिस भाग्न बाध्य भएपछि प्राकृतिक विपतको घोषणा गरेको छ । 

    गत बिहीवारदेखि निरन्तर पानी परिरहँदा धेरै गाउँबस्तीहरू डुबेका छन् । शनिवार एक ठूलै बाँधमा पानी बढी भएर ओभरफ्लो भएपछि नदीको जलस्तर झनै बढेको छ र बाढी आएको छ । 

    न्यु साउथ वेल्स सरकार र संघीय सरकारले सिड्नी नजिकको हन्टर भ्यालीदेखि कोफ्स हार्बरसम्म १६ वटा प्राकृतिक विपत घोषणाहरू गरेको न्यु साउथ वेल्सका आपतकालीन सेवा मन्त्री डेभिड इलियटले आइतवार सञ्चारकर्मीहरूलाई बताए । अहिलेसम्म मृत्युको खबर नआएको तर हताहतीको प्रबल सम्भावना रहेको उनले बताए । 

    नदीको जलस्तर खतरनाक स्तरमा पुगेपछि केही परिवारहरू मध्यरातमा घर छोडेर भाग्न बाध्य भएका थिए । हक्सबरी क्षेत्रमा थप चार हजार मानिस आइतवार थातथलो छोडेर हिँड्नुपर्ने हुन सक्ने राज्यका मुख्यमन्त्री ग्लाडिस बेरेजिक्लियनले बताए । एजेन्सी

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - ११:३१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij