Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्वास्थ्य

बैशाख ६ र ७ मा बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै

बैशाख ६ र ७ मा बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै


  • 3.7K
    Shares

    • images
    बैशाख ६ र ७ मा बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै
    images

    काठमाडौं । सरकारले बैशाख पहिलो हप्ता राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    ६ र ७ वैशाखमा भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम तय गरेको हो ।

    ‘सरकारले योपटक १ देखि ५ वर्षसम्मका करिब २९ लाख बालबालिकालाई जुकाको औषधि र ६ देखि ५९ महिनासम्मका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाउने लक्ष्य राखेको छ’‚ पोषण शाखा प्रमुख थापाले भने ।

    जसका लागि देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले ७ वटै प्रदेशका स्थानीय खोप केन्द्रबाट बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउनेछन् ।

    भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने यो कार्यक्रममा सरकारको झण्डै ९ करोड ५१ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

    प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधि पहिलो चरण कात्तिकमा र दोस्रो चरण वैशाख पहिलो हप्ता गरी एक वर्षमा दुईपटक खुवाउने नियमित कार्यक्रम हो ।

    गत कात्तिकमा भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरणअन्तर्गत करिब ९० प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको थियो । यसैगरी ८७ प्रतिशत बालबालिकाले जुकाको औषधि दिइएको थियो ।

    भिटामिन ‘ए’को कमीको रोकथाम र उपचार गर्ने उद्देश्यले विसं. २०५० सालबाट ८ जिल्लाबाट भिटामिन ‘ए’ कार्यक्रम शुरु भएको थियो ।

    अहिले यो कार्यक्रम देशभरका ७७ जिल्लामै लागू भएको छ । यसैगरी वि.सं. २०५६ सालबाट १३ जिल्लाबाट परजीवी (जुका) नियन्त्रण कार्यक्रम लागू भएको थियो । यो कार्यक्रम पनि अहिले ७७ वटै जिल्लामा लागू छ ।

    यस्तै पछिल्ला वर्षहरूमा नेपालमा नियमित खोप लगाउने बालबालिकाको संख्या कम हुँदै गएपछि यही कार्यक्रममा खोप लगाउन छुटेका बालबालिकाका बारेमा पनि खोजबिन हुने पोषण शाखा प्रमुख थापाले बताए ।

    प्रकाशित मिति :बैशाख १ २०८१ शनिवार - १४:४४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij