२०८२ भाद्र १ गते आइतवार
चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१३ उजेलीनगर ५० वर्षीया तीलमाया भुजेलको आज बिहान सुतेकै ठाउँमा हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । भरतपुर १३ गङ्गानगरमा रहेको भाइको घरमा गएको बेला उनलाई हात्तीले आक्रमण गरेको हो।
इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij