Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

संसद् बैठक

प्रतिपक्षी कांग्रेसको विरोध : संसद्को गतिरोध, १५ मिनेटपछि बस्ने गरि बैठक स्थगित  

प्रतिपक्षी कांग्रेसको विरोध : संसद्को गतिरोध, १५ मिनेटपछि बस्ने गरि बैठक स्थगित  


  • 2.7K
    Shares

    प्रतिपक्षी कांग्रेसको विरोध : संसद्को गतिरोध, १५ मिनेटपछि बस्ने गरि बैठक स्थगित  

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

    बैठक सुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराएको थियो ।

    कांग्रेस सांसद सुशिला थिङले सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरेकी थिइन् ।

    सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका थिए । लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका छन् । 

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - १२:२०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij