Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सघन छलफल

संसद्लाई गति दिन सभामुखसहित प्रमुख दलका शीर्ष नेता छलफलमा

संसद्लाई गति दिन सभामुखसहित प्रमुख दलका शीर्ष नेता छलफलमा


  • 3.2K
    Shares

    संसद्लाई गति दिन सभामुखसहित प्रमुख दलका शीर्ष नेता छलफलमा

    काठमाडौं । संसद्लाई गति दिन सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । 

    प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभा दल तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा र रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छलफलमा छन् । 

    कांग्रेसले विगत तीन हप्तायता गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै आएको छ । उक्त मागबाट कांग्रेस पछि नहट्ने अडानसहित संसद्मा विरोध कायमै राखेको छ ।  

    संसद् बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - १०:१०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij