२०८२ माघ १२ गते सोमवार
काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक छोडेर पार्टी महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई भेट्न थापा र सिटौला बालुवाटारमा पुगेका हुन् । अहिले प्रधानमन्त्री, थापा र सिटौलाबीच छलफल भइरहेको छ ।
उक्त छलफलमा संसद् बैठक सञ्चालन र विभिन्न राजनीतिक, समसामयीक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले बताए ।
संसद् बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij