Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

संसद् बैठक

कांग्रेसको ‘बटम लाइन’ गृहमन्त्रीमाथि छानबिन, संसद् बैठकमा ‘विरोध’ कायमै राख्ने 

कांग्रेसको ‘बटम लाइन’ गृहमन्त्रीमाथि छानबिन, संसद् बैठकमा ‘विरोध’ कायमै राख्ने 


  • 3.2K
    Shares

    कांग्रेसको ‘बटम लाइन’ गृहमन्त्रीमाथि छानबिन, संसद् बैठकमा ‘विरोध’ कायमै राख्ने 

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (मंगलबार) संसद्मा विरोध कायमै राख्ने भएको छ । उसले गृहमन्त्री रवि लामिछामाथि छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै विरोध कायमै राख्ने भएको हो । 

    कांग्रेसले विगत तीन सातायता संसद् बैठक अवरोध गर्नुका साथै विरोध कायमै राखेको छ । उसले गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसद् बैठक विरोध गर्दै आएको छ । 

    संसदीय छानबिन समिति गठनका लागि माग राख्दै आएका छौँ । यदि सरकार त्यसमा गम्भीर नभए संसद्को गतिरोध हुनसक्छ,’ -महामन्त्री विश्वप्रकाश शर्मा

    उसले गृहमन्त्रीमाथि सत्यतथ्य छानबिनका लागि संसदीय समिति गठनको माग राखेको छ । यद्यपि सत्तापक्ष उक्त समिति गठनमा इच्छुक देखिएको छैन । सत्तापक्ष तयार नभएपछि कांग्रेसले संसद्मा विरोध कायमै राख्ने जनाएको छ । 

    ‘कांग्रेसको बटम लाइन गृहमन्त्रीको राजीनामा नभई छानबिन हो । त्यसका लागि हामीले संसदीय छानबिन समिति गठनका लागि माग राख्दै आएका छौँ । यदि सरकार त्यसमा गम्भीर नभए संसद्को गतिरोध हुनसक्छ,’ महामन्त्री विश्वप्रकाश शर्माले भने ।

    संसद् बैठकमा संसदीय छानबिन समिति गठनको मागसहित कांग्रेस सांसदहरूले विरोध जनाउने बताइएको छ । संसद् बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

     

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - ०९:३७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij