Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

रास्वपालाई प्रदीप पौडेलको प्रश्न– निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?

रास्वपालाई प्रदीप पौडेलको प्रश्न– निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?


  • 2.1K
    Shares

    रास्वपालाई प्रदीप पौडेलको प्रश्न– निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?

    काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा  गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन् । 

    सोमबार काठमाडौँमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । 

    उनले नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे । उनले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गरे । 

    उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? भन्ने प्रश्न गरे । उनले कुनैपनि घटना विशेषको सत्यतथ्य खोजिनुपर्ने बताए । 

    उनले प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभएपनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको बताए । 

    उनले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने बताए । उनले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताए । 

    सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गरे । 

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - ०७:३५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij