Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

कोशी सरकारबाट माओवादी बाहिरियो

कोशी सरकारबाट माओवादी बाहिरियो


  • 3.1K
    Shares

    कोशी सरकारबाट माओवादी बाहिरियो

    विराटनगर । नेकपा (माओवादी केन्द्र)बाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

    राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् ।

    सोमबार नै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।

    कांग्रेसका केदार कार्कीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई ढल्ने रणनीति अनुसार माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो ।    

    प्रकाशित मिति :चैत्र २६ २०८० सोमवार - १६:२४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij