Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कांग्रेस निर्णय

गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वोच्च जाने

गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वोच्च जाने


  • 2.5K
    Shares

    गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वोच्च जाने

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

    आज (सोमबार) बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय गरेको एक नेताले जानकारी दिए ।

    सत्ता गठबन्धनले असंवैधानिक तवरबाट बहुमत पुर्‍याएर सरकारको दाबी पेस गरेको कांग्रेसको ठहर छ ।

    गण्डकीमा सभामुखको हस्ताक्षरसहित नेकपा (एमाले)बाट खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् ।

    त्यहाँ सरकार बनाउने बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनले सभामुखको हस्ताक्षरसहित ३१ जनासहित बहुमत पुर्‍याएको छ ।

    प्रकाशित मिति :चैत्र २६ २०८० सोमवार - ११:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij