Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

गृहमन्त्रीको छानबिनका लागि संसदीय समिति गठनको अडान कांग्रेसमा कायमै

गृहमन्त्रीको छानबिनका लागि संसदीय समिति गठनको अडान कांग्रेसमा कायमै


  • 2.4K
    Shares

    गृहमन्त्रीको छानबिनका लागि संसदीय समिति गठनको अडान कांग्रेसमा कायमै

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग अझ सशक्त ढंगबाट उठाउने निर्णय गरेको छ ।

    सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी बैठकबाट थप दबाबमूलक ढंगले विषय उठान गर्ने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    आफूहरूका मागमा सरकार जिम्मेवार नबनेको कांग्रेसको ठहर छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

    सो प्रकरणमा लामिछानेको संलग्नता नदेखिने भन्दै सत्तापक्षले छानबिन समिति गठनको माग अस्वीकार गरिरहेको छ । मंगलबार (भोलि) बिहान ८ बजे पार्टी संसदीय दलको बैठक बस्ने निर्णय समेत गरिएको लेखकले जानकारी दिए ।

    मंगलबारै बिहान ७ः३० बजे संसदीय बोर्ड कार्यसमितिको बैठक बस्ने लेखकले बताए । 

    प्रकाशित मिति :चैत्र २६ २०८० सोमवार - ११:१३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij