Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

अभिव्यक्ति

संविधान कार्यान्वयनका लागि अझैँ १८२ वटा कानुन बनाउन बाँकी

संविधान कार्यान्वयनका लागि अझैँ १८२ वटा कानुन बनाउन बाँकी


  • 2.4K
    Shares

    संविधान कार्यान्वयनका लागि अझैँ १८२ वटा कानुन बनाउन बाँकी

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अर्थतन्त्र चलायमान बनाउन, सुशासन कायम गर्न र विकास निर्माण गर्न सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

    प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा उनले भने, 'हाम्रो मुख्य ध्यान अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माण र सामाजिक सुधारका पक्षमा काम गर्नेमा छ ।

    उनले थपे, 'भ्रष्टाचार अन्त्य गर्न खरो रूपमा उत्रनुपर्छ । यो सरकार सुशासन र समृद्धिमा केन्द्रित हुन्छ । नयाँ वर्षमा सबै नेपाली देशको अर्थतन्त्र बनाउने काममा जुट्नुपर्ने जरूरी छ ।'

    संविधान कार्यान्वयनका लागि १ सय ८२ वटा कानुन अझै बनाउन बाँकी रहेको र त्यसमध्ये ६१ वटा कानुनलाई पहिलो चरणमा बनाउने गरी सरकारले तयारी गरिरहेको उनले बताए ।

    'समयमै कानुन तयार नहुँदा जनतामा संघीयता नै निस्प्रभावी भयो भन्ने भ्रम उत्पन्न भइरहेको छ । सघीयता र संविधान कार्यान्वयनका लागि चाहिने नीति बनाउनुपर्नेछ,' उनले भने, 'डिजिटल प्लेटफर्म बनाएर नागरिकका विचार संकलन गर्ने हाम्रो योजना छ ।'

    प्रकाशित मिति :चैत्र २६ २०८० सोमवार - ०९:५२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij