Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

दलका शीर्ष नेताहरूसँग दिउँसो छलफल गर्दै सभामुख

दलका शीर्ष नेताहरूसँग दिउँसो छलफल गर्दै सभामुख


  • 2.8K
    Shares

    दलका शीर्ष नेताहरूसँग दिउँसो छलफल गर्दै सभामुख

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसित गर्न लागेको छलफलको समय परिवर्तन गरिएको छ । बैठकको समय आज दिउँसो २ बजेका निम्ति सारिएको हो ।

    आजै बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आह्वान गरिएको थियो । तर, विभिन्न कारणले बैठक दिउँसो बस्ने भएको सभामुखको सचिवालयले जानकारी गराएको छ ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका विषयमा सभामुखले चार दलका शीर्ष नेताहरूसित छलफल गर्न लागेका हुन् ।

    छलफलका निम्ति सभामुखले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बोलाएका छन् ।

    सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ ।

    प्रकाशित मिति :चैत्र २६ २०८० सोमवार - ०९:२७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij