Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

गण्डकी प्रदेश : मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश : मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ


  • 3.4K
    Shares

    गण्डकी प्रदेश : मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ

    काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए ।

    अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरेर शपथ दिलाएका छन् ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - १६:२३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij