Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

लुम्बिनी प्रदेश : नवनियुक्त मुख्यमन्त्री र तीन विनाविभागीय मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश : नवनियुक्त मुख्यमन्त्री र तीन विनाविभागीय मन्त्रीले लिए शपथ


  • 3.3K
    Shares

    लुम्बिनी प्रदेश : नवनियुक्त मुख्यमन्त्री र तीन विनाविभागीय मन्त्रीले लिए शपथ

    काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    महरालाई आइतबार बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।

    महराले आइतबार नै तीन विनाविभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिरिषद् विस्तार गरेका छन् ।

    नेकपा (एमाले)का तर्फबाट चेतनारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट दीपेन्द्र कुमार पुन र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट भण्डारीलाल अहिर विनाविभागीय मन्त्री नियुक्त भएका हुन् ।

    तीनै मन्त्रीहरूले प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - १५:२६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij