Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

विरोध प्रदर्शन

नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन, ६ जना पक्राउ

नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन, ६ जना पक्राउ


  • 3.0K
    Shares

    नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन, ६ जना पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले सिंहदरबारको दक्षिण गेटअगाडि आइतबार प्रदर्शन गरेको छ ।

    सरकारले निषेधित क्षेत्र घोषणा गरेको दक्षिण गेटअगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले काम नगरेको भन्दै प्रदर्शन गरिएको हो ।

    सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागसहित नेविसंघले प्रदर्शन गर्दै आएको छ ।

    कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग समेत गरिरहेको छ ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - ११:२३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij