Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार

महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार


  • 3.1K
    Shares

    महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् ।

    राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो ।

    पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार गर्नुभएको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ ।

    देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, विविधताबीचको एकता, सामाजिक सांस्कृतिक पक्ष पनि दस्तावेजमा समेटिएको छ ।

    पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तयार गरेको समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरुप, आर्थिक रुपान्तरणलगायत विषय समावेश गरिएको छ ।

    उपाध्यक्ष बेदुराम भुसालले लेख्नुभएको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ ।

    सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदन गराउने व्यवस्था गरिएको छ ।

    महासचिव घनश्याम भुसालले तयार पार्नुभएको साङ्गठनिक दस्तावेजमा पार्टीको सङ्गठन निर्माणमा देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको सदस्यतालाई व्यवस्थित गर्दै फैलनुपर्ने जनाइएको छ ।

    आगामी जेठ ३ देखि ७ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदैछ । पार्टी अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटीले आवश्यक तयारी गरिरहेको छ ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - १०:५२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij