२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठक आह्वान गरिएको छ ।
बैठक भोलि (सोमबार) बस्नेछ । वैशाख ८ देखि १० गते हुने प्रतिनिधि परिषद्को बैठक व्यवस्थापनका विषयमा छलफल गर्न बैठक बोलाएको हो ।
कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठक पार्टी कार्यालय च्यासलमा बिहान साढे ११ बजे बस्नेछ ।
बैठकले प्रतिनिधि परिषद्को विषयमा व्यापक छलफल गरी सचिवालयलाई सुझाउने तयारी छ ।
यसैगरी इलामको उपनिर्वाचनको तयारी, कार्यकर्ता परिचालन, प्रचारशैली आदिका विषयमा पनि छलफल हुने अधिकारीले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij