Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

इलाम क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीले जित्छ : झलनाथ खनाल

इलाम क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीले जित्छ : झलनाथ खनाल


  • 2.8K
    Shares

    इलाम क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीले जित्छ : झलनाथ खनाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् । 

    शनिबार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताएका हुन् । 

    उनले अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान गरे । उनले नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताए । 

    उनले पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पुर्याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर गरे । उनले अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने बताए । उनले अहिलेको सत्ता सहकार्य प्रतिष्पर्धाको मात्रै भएको बताए । 

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - ०८:२५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij