Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)

संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)


  • 2.3K
    Shares

    संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)

    काठमाडौं । संघीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

    आज (आइतबार) दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।

    बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भएबमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा पदाधिकारीसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

    कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ ।

    महिला समितिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

    विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने गर्ने कार्यसूचीमा छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने छ ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - ०७:०९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij