Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

औपचारिक निर्णय

इलाम-२ मा माओवादीले एमालेलाई सघाउने प्रचण्ड-ओलीबीच उच्चस्तरीय समझदारी

इलाम-२ मा माओवादीले एमालेलाई सघाउने प्रचण्ड-ओलीबीच उच्चस्तरीय समझदारी


  • 2.7K
    Shares

    इलाम-२ मा माओवादीले एमालेलाई सघाउने प्रचण्ड-ओलीबीच उच्चस्तरीय समझदारी

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको छ ।

    माओवादी केन्द्र र एमाले दुवै पार्टीका इलाम जिल्ला संयोजकले विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको जनाएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएबमोजिम इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सघाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम-२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम-२ मा नेकपा एमालेको उम्मेदवार सुहाङ नेम्बाङ्गलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउन आम मतदाता, शुभेच्छुक, समर्थक आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ ।'

    विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतको हस्ताक्षर छ ।

    प्रकाशित मिति :चैत्र २४ २०८० शनिवार - ०७:१८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij