Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

नाउपा रेशम चौधरी पक्षको छुट्टै बैठक पुनः बस्दै, सरकारमा सहभागी हुनेबारे अन्तिम निर्णय हुँदै

नाउपा रेशम चौधरी पक्षको छुट्टै बैठक पुनः बस्दै, सरकारमा सहभागी हुनेबारे अन्तिम निर्णय हुँदै


  • 2.4K
    Shares

    नाउपा रेशम चौधरी पक्षको छुट्टै बैठक पुनः बस्दै, सरकारमा सहभागी हुनेबारे अन्तिम निर्णय हुँदै

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी पक्षका नेता कार्यकर्ताहरूको बैठक काठमाडौंमा बसेको छ । हिजोदेखि सुरु भएको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने बताइएको छ ।

    प्रदेश सरकारमा सहभागी हुनुपर्ने मत बलियो रूपमा आएको नाउपाका एक नेताले बताए । तर, कुन गठबन्धनको सरकारमा सहभागी हुने र कसरी जाने भन्ने विषयमा कुनै निर्णय नभएको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

    आज ११ बजेदेखि रेशम पक्षका नेताहरू पुन: बैठकमा बस्दै छन् । त्यसले सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा टुङ्गो लगाउने चौधरीले बताए ।

    यसअघि कांग्रेस नेतृत्वको सरकारमा नाउपा रेशम पक्षका पाँच जना नेता मन्त्री थिए । कुल ७ मध्ये पाँच जनालाई मन्त्री बनाउँदा पनि बहुमत पुर्‍याउन नसकेपछि कांग्रेसका कमल बहादुर शाहले राजीनामा दिएका थिए ।

    अहिले प्रदेश प्रमुखले १० दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

    प्रकाशित मिति :चैत्र २४ २०८० शनिवार - ०७:०५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij