Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उपनिर्वाचन

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता


  • 2.6K
    Shares

    उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

    काठमाडौं । वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारले शनिबार मनोनयन दर्ता गर्दै छन् ।

    बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।

    शनिबार साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने आयोगले जनाएको छ ।

    यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरिएको छ ।

    अपराह्न ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय गर्नेछ ।

    चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

    चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

    आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ ।

    प्रतिनिधिसभा इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा उपनिर्वाचन हुन लागेको हो ।

    प्रकाशित मिति :चैत्र २४ २०८० शनिवार - ०६:४७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij