Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वको सरकार गठन, मुख्यमन्त्रीमा महरा नियुक्त

लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वको सरकार गठन, मुख्यमन्त्रीमा महरा नियुक्त


  • 2.4K
    Shares

    लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वको सरकार गठन, मुख्यमन्त्रीमा महरा नियुक्त

    काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार माओवादी संसदीय दलका नेता महरालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार उनलाई ४८ सांसदले समर्थन गरेका थिए । यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा बुझाएका थिए ।

    सात सदस्यीय प्रदेशसभाको बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । महरालाई मुख्यमन्त्री बनाउन ४८ सदस्यले हस्ताक्षर गरेका थिए ।

     

    प्रकाशित मिति :चैत्र २३ २०८० शुक्रवार - १५:१०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij