Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उपनिर्वाचन

इलाम-२ उपनिर्वाचन : ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने

इलाम-२ उपनिर्वाचन : ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने


  • 2.2K
    Shares

    इलाम-२ उपनिर्वाचन : ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने

    काठमाडौं । उपनिर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने भएका छन् ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए ।

    त्यस्तै, प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ । देशभर कुल १० हजार ८९२ मतदानस्थल स्वीकृत गरिएको शर्माले जानकारी दिए ।

    आगामी वैशाख १५ गते रिक्त दुई स्थानका लागि उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि भोलि (शनिबार) उमेदवारी दर्ता गराउने कार्यसूची छ ।

    त्यसका लागि दलहरूले उमेदवारको टुंगो लगाइसकेका छन् ।

    प्रकाशित मिति :चैत्र २३ २०८० शुक्रवार - १३:०८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij