Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेस, प्रदेश प्रमुखले आजै नियुक्ति गर्न सक्ने

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेस, प्रदेश प्रमुखले आजै नियुक्ति गर्न सक्ने


  • 3.1K
    Shares

    लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेस, प्रदेश प्रमुखले आजै नियुक्ति गर्न सक्ने

    काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन् ।

    लुम्बिनी प्रदेशमा सत्तारूढ दलको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् ।

    बिहीबार प्रदेश सभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो ।

    सत्तारुढ दलहरूले महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका छन् ।

    प्रदेश प्रमुख शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने सम्भावना छ ।

    महरालाई मुख्यमन्त्री बनाउन नेकपा (एमाले)का २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका छन् ।

    दाबी पेश गरिएपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

    प्रकाशित मिति :चैत्र २३ २०८० शुक्रवार - ११:२०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij