Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई बहुमत पुर्‍याउँनै धौधौँ, नाउपाको डबल ह्वीप

सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई बहुमत पुर्‍याउँनै धौधौँ, नाउपाको डबल ह्वीप


  • 2.9K
    Shares

    सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई बहुमत पुर्‍याउँनै धौधौँ, नाउपाको डबल ह्वीप

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक पाँच बजेका लागि सारिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार दिउँसो ३ बजेको प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा अन्तिम समयमा बैठक दुई घण्टा पछि सारिएको हो ।

    अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मतमा मतदान हुनुअघि आफ्नो पक्षमा बहुमत जुटाउन कसरत गरिरहेका छन् । सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र सदस्य रहेका छन् ।

    बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ । अहिलेसम्म शाहलाई कांग्रेसका १८ जनाको समर्थन छ भने पार्टीमा विवाद भए पनि नाउपा सरकारमा सहभागी छ ।

    नाउपाबाट दुईथरी ह्वीप जारी भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छिन् भने संसदीय दलका नेताले पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

    प्रकाशित मिति :चैत्र २२ २०८० बिहिवार - १५:५०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij