Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

मन्त्रिपरिषद् बैठक

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


  • 1.8K
    Shares

    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    काठमाडौं । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

    सोहीसम्बन्धी सूचना छिट्टै राजपत्रमा प्रकाशित गर्ने उनले जानकारी दिइन् । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय भएको छ ।

    यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०८० बिहिवार - १५:२४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij