Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उपाध्यक्ष उम्मेदवार

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेबाट विमला घिमिरे उमेदवार

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेबाट विमला घिमिरे उमेदवार


  • 2.9K
    Shares

    राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेबाट विमला घिमिरे उमेदवार

    काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको उपाध्यक्ष पदमा विमला घिमिरेलाई उमेदवार बनाउने भएको छ ।

    घिमिरेलाई उमेदवार बनाउने निर्णय गरिएको राष्ट्रियसभामा एमाले प्रमुख सचेतक भगवती न्यापानेले जानकारी दिइन् ।

    सत्तासाझेदार दलबीचको दलको सहमतिअनुसार पार्टीले उमेदवार तय गरेको उनले बताइन् ।

    राष्ट्रियसभामा एमालेका १० मध्ये घिमिरेसहित सात महिला सांसद छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् ।

    उनको कार्यकाल दुई वर्ष बाँकी छ । यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै छ ।

    उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

    प्रकाशित मिति :चैत्र २२ २०८० बिहिवार - १५:०३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij