Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कांग्रेसको आरोप

गृहमन्त्री रवि लामिछानेको संरक्षणमा जीबी राई ! 

गृहमन्त्री रवि लामिछानेको संरक्षणमा जीबी राई ! 


  • 4.1K
    Shares

    गृहमन्त्री रवि लामिछानेको संरक्षणमा जीबी राई ! 

    काठमाडौं । संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जीबी राई गृहमन्त्री रवि लामिछानेको संरक्षणमा रहेको आरोप लगाएको छ । 

    सहकारी ठगी प्रकरणमा जोडिएका राईलाई लामिछानेको संरक्षणमा रहेको उसले आरोप लगाएका हो । 

    आज (बुधबार)को उक्त बैठकको सुन्ने समयको सुरुआतमा बोल्दै सांसद तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन् ।

    उनले भने, ‘हामीले पाएको सूचनामा जीबी राई गृहमन्त्रीको सम्पर्कका हुनुहुन्छ । आकाश–पातालमा गएर लुक भनिदिने तर पक्राउ नगर्ने ?’ 

    प्रतिपक्षमा बस्दा रास्वपा सभापति लामिछानेको अभिव्यक्ति स्मरण गराउँदै शर्माले भने, ‘माघ १६ गते मित्र रवि लामिछाने गृहमन्त्री हुनुहुन्न थियो । प्रतिपक्षमा हुनुहुन्थ्यो । बढो खरो स्वरमा बोल्दै सरकारले जीबी राईलाई पक्रन चाहेन भन्नुभयो ।’

    गृह मन्त्रालयमा पुगेपछि लामिछानेको बोली फेरिएको समेत आरोप लगाए । 

     

    प्रकाशित मिति :चैत्र २१ २०८० बुधवार - १३:२०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij