२०८२ माघ १२ गते सोमवार
काठमाडौं । संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग राख्दै आएको छ ।
आज (बुधबार) उक्त बैठकको सुन्ने समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि यथाशीघ्र छानबिन हुनुपर्ने माग राखेका छन् । उनले रविको विषयमा छानबिन नगरी कसैले उनलाई निर्दोष छन् भन्नुले थप शंका पैदा भएको बताएको हुन् ।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शमाृले संसद् कसैलाई दोषी करार गर्ने वा निर्दोष प्रमाणित गर्ने संस्था नभएको भन्दै छानबिन अनिवार्य भएको बताए ।
महामन्त्री शर्माले भने– ‘सभामुख महोदय संसद् अवरोध नि गरेको भनेर हामीमाथि प्रश्न गरिँदैछ । संसद् लगातार चलिरहेको छ । हामीले उठाएका प्रश्न बेवास्ता गर्दै आकस्मिक रुपमा गृह मन्त्रीलाई रोष्ट्रममा पठाइयो भने हामीले संसद् अवरोध गर्नुपर्छ ।’
उनले गृहमन्त्रीलाई चोख्याउनका लागि संसद्को प्रयोग हुन नहुने भन्दै प्रधानमन्त्रीदेखि सांसदले निर्दोष नहुने भन्दै छानबिन रोकेर द्वन्द्व ननिम्त्याउन चेतावनी दिए ।
‘यसो भन्दै गर्दा मलाई अकबर र बीरबलको कथा स्मरण हुँदैछ । चोरको दारीमा सिन्का भन्दा चोरले हतारहतार दारी छामेको थियो,’ शर्माले भने, ‘गृहमन्त्रीजीमा जोस छ । हामी भन्दा ठूलो स्वरमा बोल्नु हुन्छ । रोष्ट्रममा गएर ठूलो स्वरमा म निर्दोष छु भनेर बोल्न मन होला । गृहमन्त्रीजीले संयोगले दारी पाल्नुभएको छ, आफ्नो दारी छाम्न हतार नगर्नुहोस् ।’
छानबिनको माग गर्दा कांग्रेसले प्रधानमन्त्री अफर गरेको चर्चा गरिएको भन्दै उनले त्यस्तो हल्ला खारेज गरिएको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij